जेनजी आन्दोलन दुई दिनमै प्रतिगमन, चुनाव मात्र समस्याको समाधान होइन : राजेन्द्र लिङ्देन
काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह, अर्थात् जेनजी आन्दोलनको मर्मलाई ध्यान नदिँदै त्यसको दुई दिनमै प्रतिगमन भएको टिप्पणी गरेका छन्।
मंगलबार राजधानीमा आयोजित राप्रपाको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले भने कि व्यवस्थामा रहेका गम्भीर त्रुटिहरू सुधार नगरी मात्र चुनावमा जाने सोचले समस्यालाई टार्ने काम मात्रै गर्छ।
उनले स्पष्ट पारे, “जनताको आक्रोश केवल प्रधानमन्त्री परिवर्तनका लागि मात्र नभएको थियो। त्यसले देशमा स्थायित्व र युवाले आफ्नो देशमा गरिखाने वातावरण सुनिश्चित गर्न आवश्यक रहेको मर्म बोकेको थियो।”
लिङ्देनले इतिहास स्मरण गर्दै भने कि राजा र राजनीतिक दलहरूबीच आवश्यक नयाँ समझदारी दलहरूले मजाक बनाएका थिए। उनले चेतावनी दिए, “हामीले भनेका थियौँ– सुधार नगरे भाग्नुपर्ने दिन आउँछ। तर त्यसलाई हाँसीमजाकमा उडाइयो।”
उनले २०८२–८४ को चुनाव उदाहरणसहित भने कि केवल निर्वाचन र व्यक्ति परिवर्तनले देशको निकास सम्भव छैन।
“अब चुनाव मात्र गरेर देशलाई अघि लैजान सकिन्छ भन्ने भ्रम छ। जेनजी आन्दोलनको दुई दिनमै प्रतिगमन भयो। उही निर्वाचन, व्यक्ति परिवर्तन मात्रै भयो। यो समस्याको समाधान होइन।”
अध्यक्ष लिङ्देनले देशलाई भूराजनीतिक चक्रब्युहबाट मुक्त गर्न राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी आवश्यक रहेको पनि बताए।
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
समाचार
एमालेमा संगठनात्मक अराजकता हटाउन ‘मजस्तै महासचिव चाहिन्छ’: पृथ्वीसुब्बा गुरुङ
Dec, 11, 2025
In-Depth-Update
समाचार
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
Dec, 11, 2025
In-Depth-Update