एमालेमा संगठनात्मक अराजकता हटाउन ‘मजस्तै महासचिव चाहिन्छ’: पृथ्वीसुब्बा गुरुङ

एमालेमा संगठनात्मक अराजकता हटाउन ‘मजस्तै महासचिव चाहिन्छ’: पृथ्वीसुब्बा गुरुङ

काठमाडौं।
एमालेका महासचिवका दाबेदार पृथ्वीसुब्बा गुरुङ ले पार्टीभित्र संगठनात्मक अराजकता प्रवेश गरिसकेको दाबी गर्दै त्यसलाई नियन्त्रण गर्न “मजस्ता महासचिव” आवश्यक रहेको बताएका छन्।

उनका अनुसार, यदि संगठनमै विकृति गहिरिँदै गएको हो भने त्यो पार्टीकै कमजोरी हो र अहिलेको नेतृत्वले त्यसको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको छ।

महासचिव पदले शक्ति–सन्तुलन बदल्ने

आगामी महाधिवेशनमा महासचिव पदलाई एमालेको शक्ति–समीकरणमा निर्णायक मानिँदै आएको छ। अध्यक्ष केपी शर्मा ओलीको समूहबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र गुरुङ स्वयं दाबेदार छन् भने परिवर्तन चाहने समूहबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई प्रतिस्पर्धामा छन्।

‘जेनजी आन्दोलनले शासन प्रणालीका कमजोरी नाङ्गो बनायो’

जेनजी आन्दोलनतर्फ फर्कँदै उनले राज्य संयन्त्र—सेना, प्रहरी, अनुसन्धान, प्रशासन—सबैमा पहुँचभन्दा प्रणालीगत सुधारमा ध्यान नदिँदा संकट उत्पन्न भएको बताए।

उनका अनुसार,

“१०–१५ हजारको जुलुसमै राज्य संयन्त्र हल्लिनु घातक हो। सुरक्षा निकाय आधुनिक, प्रोफेसनल र राजनीतिक प्रभावबाट मुक्त हुन सकेनन्।”

‘नेतृत्वको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक’

उनले आन्दोलनका २७ घण्टाभित्र सत्ता परिवर्तन हुनु “विश्वकै दुर्लभ घटना” भएको उल्लेख गर्दै त्यसले नेतृत्वको विश्वसनीयतामाथि प्रश्न उठेको स्वीकारे।

राज्य संयन्त्र कमजोर हुनु, राजनीतिक दलहरू स्वार्थमा फस्नु र जनआवाज नबुझिनु—यी मुख्य कारण रहेको उनको टिप्पणी छ।

‘दलहरू पात्रमा अड्किए, प्रणाली सुधारमा लागेनन्’

उनले राजनीतिमा व्यक्तिपरक बहस बढेर प्रणालीको समीक्षा नहुने गरेको बताए।

“हामी नेता–नेतामा मात्र केन्द्रित भयौँ, प्रणाली कस्तो काम गरिरहेको छ भन्ने हेर्ने ध्यानै दिएनौँ।”

सुरक्षा तयारी असफल, गलत मूल्यांकन

जेनजी आन्दोलनमा प्रहरीले “म्यानेजेबल” भन्छु भन्ने रिपोर्ट दिएको तर वास्तविकता फरक रहेको उनले बताए।

“अनियन्त्रित भीड बन्नसक्ने खतरा पहिल्यै बुझ्न नसक्दा गोली चलेर युवाको ज्यान जाने परिस्थितिको जन्म भयो।”

. . .
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका