डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
काठमाडौं।
डडेलधुराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
ना ८ ख ७४५५ नम्बरको उक्त बस आज बिहान झण्डै ३ बजे दाङ देउखुरीको लमही नगरपालिका–१, कौडिया पुल नजिकैबाट तल खसेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेका अनुसार दुर्घटनास्थलमा रहेका २२ घाइते यात्रुलाई उद्धार गरी लमही अस्पताल पठाइएको छ। बसमा कुल ३८ जना सवार रहेका थिए।
चालकले दिएको प्रारम्भिक बयानअनुसार बसको पट्टा (टायरको सपोर्ट पार्ट) भाँचिँदा वाहन अनियन्त्रित भई दुर्घटना भएको हो।
इन्सपेक्टर पाण्डेले दुर्घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।
. . .
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
समाचार
एमालेमा संगठनात्मक अराजकता हटाउन ‘मजस्तै महासचिव चाहिन्छ’: पृथ्वीसुब्बा गुरुङ
Dec, 11, 2025
In-Depth-Update
समाचार
ओलीले हटेर नेतृत्व घोषणा गरेमा मेरो कुनै आपत्ति छैन : ईश्वर पोखरेल
Dec, 10, 2025
In-Depth-Update