ओलीले हटेर नेतृत्व घोषणा गरेमा मेरो कुनै आपत्ति छैन : ईश्वर पोखरेल
२४ मंसिर, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनमा नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना रहेको बताएका छन्।
बुधबार राजधानीमा सञ्चारकर्मीहरूसँगको अन्तक्रियामा पोखरेलले भने, “सहमति हुनसक्छ। तर हालको सन्दर्भमा हाम्रो धारणा स्पष्ट छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा अभिभावकीय भूमिका निभाउने, संरक्षकको रूपमा बस्ने। यदि उहाँले हलमै औपचारिक रूपमा अबको नेतृत्व घोषणा गर्नुभयो भने सहमति हुनसक्छ। अन्य हिसाबले सहमति हुने सम्भावना कम देखिन्छ।”
उनीसँग सोधिएको प्रश्नमा—“तपाईं बाहेक अरुलाई रोज्ने निर्णय भएमा मान्न तयार हुनुहुन्छ ?”—पोखरेलले जवाफ दिए, “यदि उहाँले आफू हटेर भन्नुहुन्छ भने त्यसबेला मेरो कुनै आपत्ति रहने छैन।”
एघारौं महाधिवेशनमा पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनले नयाँ नेतृत्व घोषणा हुने वा नहुनेबारे खुलाएका छैनन्।
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
समाचार
एमालेमा संगठनात्मक अराजकता हटाउन ‘मजस्तै महासचिव चाहिन्छ’: पृथ्वीसुब्बा गुरुङ
Dec, 11, 2025
In-Depth-Update
समाचार
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
Dec, 11, 2025
In-Depth-Update