कांग्रेस महामन्त्री गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत एकल सिफारिस
२३ मंसिर, काठमाडौं।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ।
बुधबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले थापालाई नै उम्मेदवारका रूपमा प्रस्ताव गर्दै सर्वसम्मत रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए।
उनका अनुसार प्रत्यक्ष तर्फ थापाको नाम एकल रुपमा अघि सारिएको हो भने समानुपातिक सूचीमा तीन जनाको नाम समावेश गरिएको छ।
सिफारिसमा परेकामा—
राधा घले
नर्मदा पोखरेल
राजन विश्वकर्मा
रहेका छन्।
गगन थापा यसअघि पनि यही क्षेत्र अर्थात् काठमाडौं–४ बाट तीन पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी समानुपातिक कोटाबाट संसद सदस्य बनेका थिए।
यसअघि थापाको नाम रोल्पा, सर्लाही–४ र धनकुटाबाट पनि सिफारिस भइसकेको छ, जसले आगामी चुनावमा उनको लोकप्रियता र प्रभावलाई पुष्टि गरेको देखिन्छ।
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
समाचार
एमालेमा संगठनात्मक अराजकता हटाउन ‘मजस्तै महासचिव चाहिन्छ’: पृथ्वीसुब्बा गुरुङ
Dec, 11, 2025
In-Depth-Update
समाचार
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
Dec, 11, 2025
In-Depth-Update